नेपाली दुई नाटक भारतमा प्रदर्शन

Newslaya Home

नेपाली दुई नाटक भारतमा प्रदर्शन

बिहीबार १५, फागुन २०७६

काठमाडौं । नेपाली नाटक ‘कुमारी एन्ड द बिस्ट’ तथा ‘महाभोज’ भारतको नयाँ दिल्लीमा प्रदर्शन गरिएको छ ।

नयाँदिल्ली तथा सिलोङमा सम्पन्न भारत रंग महोत्सव थिएटर फेस्टिभल–२०२० मा काठमाडौंको सुशीला आर्ट्स एकेडेमीले मञ्चन गरेको ‘कुमारी एन्ड द बिस्ट’ र काठमाडौंकै मण्डला थिएटरले मञ्चन गरेको ‘महाभोज’ प्रदर्शन गरिएको हो ।

नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामामा आयोजना भएको नाटक महोत्सवमा नेपालसहित विभिन्न देशका १० वटा नाटक प्रदर्शन भएका थिए ।
जीवित देवी कुमारी तथा कुमारी प्रथासँग सम्बन्धित ‘कुमारी एन्ड द बिस्ट’ नाटक काठमाडौंमा सन् २०१८ को अक्टोबरमा मञ्चन गरिएको हो भने नेपाली अध्यात्म जगत्को इतिहास’ पुस्तकबाट निकालिएको कथामा आधारित ‘कुमारी एन्ड द बिस्ट’ नाटकको पुस्तक महेश्वर जुजु राजोपाध्यायले लेखेका हुन् ।
‘महाभोज’ नाटक यसअघि मण्डला थिएटरले काठमाडौंमा मञ्चन गरिसकेको छ ।