महिन्द्रा कम्पनीले दियो पारसलाई गाडी

Newslaya Home

महिन्द्रा कम्पनीले दियो पारसलाई गाडी

बुधबार १४, फागुन २०७६

काठमाडौं । नेपाली क्रिकेटर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खड्कालाई महिन्द्रा कम्पनीले ५० लाख ७५ हजारको गाडी दिएको छ ।

काठमाडौंमा एक कार्यक्रमका बिच नेपालमा महिन्द्राको आधिकारीक बिक्रेता अग्नि इन्कर्पोरेटले ब्राण्ड एम्बेसडर ग्रुपका कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्माले पारसलाई गाडीको चावी हस्तान्तरण गरेका हुन् ।

पारसलाई अग्नि ग्रुपमा नियुक्त गर्दै एक्युभी ३०० को ‘डब्लु ८’ भेरियन्ट गाडी प्रदान गरिएको हो । ब्रान्ड एम्बेसडरका रुपमा नियुक्त भएपछि खड्काले महिन्द्रा आकर्षक, सुरक्षित र स्तरीय पर्फर्मेन्स भएको गाडी भएको उल्लेख गरे ।