विद्य‌ुत चोरी गरेको आरोपमा ६ जना पक्राउ

Newslaya Home

विद्य‌ुत चोरी गरेको आरोपमा ६ जना पक्राउ

मङ्गलबार १३, फागुन २०७६

राजविराज । सप्तरीको राजविराजबाट विद्य‌ुत चोरी गरेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ ।

मंगलबार जिल्ला प्रहरी कार्यालय र राजविराजस्थित नेपाल विद्य‌ुत प्राधिकरण वितरण केन्द्रको कर्मचारीको संयुक्त टोलीले राजविराज नगरपालिका वडा–१ बस्ने सतनारायण साह, दिनेश यादव, एकराम यादव, वडा नंं २ बस्ने मोहमद अमिन, वडा नं ११ बस्ने श्यामकुमार मण्डल र नारायणप्रसाद यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका ६ जनालाई विद्य‌ुत चुहावट नियन्त्रण विनियमावली २०५९ अनुसार कारबाही गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।