फेवातालमा बेपत्ता व्यक्ति मृत अवस्थामा फेला

Newslaya Home

फेवातालमा बेपत्ता व्यक्ति मृत अवस्थामा फेला

मङ्गलबार १३, फागुन २०७६

कास्की । पोखराको फेवातालमा डुंगा डुब्दा बेपत्ता भएका एक व्यक्ति मृत फेला परेको छ ।

सोमबार भाडामा डुंगा लिएर तालमा गएका काठमाडौं–१०, कपनका २७ वर्षीय सुमित भन्ने रामशरण लुइँटेल आज दिउँसो तालमा तैरिरहेको अवस्थामा मृत फेला परेका हुन् ।

लुइँटेलसहित ३ जना सवार रहेको सो डुंगा एक्कासी चतालमा डुबेको थियो । डुंगासहित तालमा डुबेका काठमाडौं –१०, कपनका २७ वर्षीय सुविन चालिसे र २८ वर्षीय रुपेश अधिकारीलाई प्रहरीले सकुशल उद्धार गरिए पनि लुइँटेललाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो ।

उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडि बढाएको प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।