सर्लाहीमा एक महिलाको शव फेला

Newslaya Home

सर्लाहीमा एक महिलाको शव फेला

मङ्गलबार १३, फागुन २०७६

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका–१ लबाली अनुसंधान केन्द्र लच्का नजिक एक महिलाको शव फेला परेको छ ।

पूर्व पश्चिम राजमार्ग देखि ५० मिटर उतर नन्देश्वर सामुदायिक बनको हाता भित्र मृत अवस्थामा एक महिलाको शव फेला परेको हो ।

घटनास्थलमा फेला परेको ब्यागमा रहेको नागरिकताको आधारमा लालबन्दी नगरपालिका–२ कि ४१ बालकुमारी खत्री रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।

घटना स्थलमा ब्याग सहित सिरानी राखेर रातो बुट्टे ओढ्ने ओढेर सुतेर रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । मृतक महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाईएको र घटनाको बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाही मलंगवाका प्रमुख एवम प्रहरी उपरीक्षक बिश्वमणी पोख्रेलले जानकारी दिए ।