इरानका स्वास्थ्यमन्त्री कोरोनाभाइरसबाट संक्रमित

Newslaya Home

इरानका स्वास्थ्यमन्त्री कोरोनाभाइरसबाट संक्रमित

मङ्गलबार १३, फागुन २०७६

एजेन्सी । इरानका उप–स्वास्थ्यमन्त्री इराज हरिर्ची कोरोनाभाइरसबाट संक्रमित बनेको एएफपीले जनाएको छ ।

मंगलबार सम्मको तथ्यांकअनुसार इरानमा हालसम्म ९५ जना कोरोनाबाट संक्रमित बनेका छन् । इरानी स्वास्थ्यमन्त्रालयका अनुसार त्यहाँ १५ जनाको मृत्यु भइसकेको छ ।

सोमबार इरानको कोम शहरका एक सांसदले इरानमा कोरोनाका कारण मृतकको संख्या ५० पुगेको दाबी गर्दै सरकारले उक्त तथ्यांक लुकाएको आरोप लगाएका थिए । उनले कोरोनाको उपचार निकै फितलो भएको गुनासो गरिरहँदा इरानको स्वास्थ्य मन्त्रालयले भने उक्त दाबी झुठो भएको बताएको हो ।