फेरी पक्राउ परे इटहरीका ठग लोकबहादुर

Newslaya Home

फेरी पक्राउ परे इटहरीका ठग लोकबहादुर

मङ्गलबार १३, फागुन २०७६

इटहरी । सुनसरीको इटहरी–५ घर भएका लोकबहादुर कार्कीलाई ठगी आरोपमा पक्राउ गरिएको छ ।

कार्कीले वैदेशिक रोजगार पठाईदिन्छु भन्दै समेत सर्वसाधरणहरुलाई ठगि गरेको बताइएको छ । उनले विदेश पठाइदिन्छु भन्दै सर्वसाधारणको २० लाख बढी ठगेको उजुरी परेको छ ।

इटहरीमै हाउजिङ कम्पनी समेत सञ्चालन गर्दै आएका कार्की लाखौ रुपैयाँ ठगि गरेको आरोपमा पटक पटक पक्राउ पर्दै आएका छन् ।

उजुरी गर्नेहरुको संख्या समेत बढ्दै गएपछि उनलाई पक्राउ गरि कारबाही अगाडी बढाइएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर मानबहादुर श्रेष्ठले जानकारी दिए ।

ठगीमा परेका अन्य व्यक्तिलाईुसमेत सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।