अनन्तयात्री (कविता)

Newslaya Home

अनन्तयात्री (कविता)

- सिएन गौतम
मङ्गलबार १३, फागुन २०७६

बनेपछि खरानी
पखालिएपछी चित्ता,
जानु, नदीको सारसँगै बग्दै बग्दै जानु

सुनेर आफन्तको चित्कार, देखेर सन्तानको माया
विचलित नभइ, आफ्नै सुरले जानु
जानु,
अलि तल पुगेपछि विश्रामस्थलमा भेट गर्नु

आमाको ममता, बुवाको विशाल हृदय
साथी सङ्गीको आत्मीयता,
नदीको कलकलसँगै
प्रभुको सङगकिर्तन गर्दै जानु
जानु,
ढुङ्गा र अवरोध पन्छाउदै जानु
दोभान र त्रिवेणीले बोकी ल्याएका
धुप, बाती, फूल, चन्दन, अक्षता र पवित्र
जलले सेचन गर्दै अनन्तयात्री भएर जानु
जानु,
सागरमा समाहित हुनु

बादल बनी दिव्यधाम गई बस्नु ।