पाँच दिनमा सगरमाथा चढेर कीर्तिमान राख्ने घोषणा

Newslaya Home

पाँच दिनमा सगरमाथा चढेर कीर्तिमान राख्ने घोषणा

मङ्गलबार १३, फागुन २०७६

काठमाण्डौ । चार जना शेर्पाहरुले पाँच दिनमा सगरमाथाको सफल आरोहण गर्ने भएका छन् ।

सङ्खुवासभा मकालु गाउँपालिकाका चार जना आरोहीले छोटो समयमा सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गर्न लागेकाे जानकारी गराएका हुन् ।

आठ पटक सगरमाथाको सफल आरोहण गरेका आरोही तथा पर्यटन व्यवसायी टाँसिलाक्पा शेर्पाको नेतृत्वमा मिङतेम्बा शेर्पा, पासाङ नुर्बु शेर्पा र हालुङदोर्ची शेर्पासहितको टोली सोमबार नै आरोहणका लागि सगरमाथातर्फ लागेको छ ।

निकै छाेटो समयमा हिमाल आरोहण गरी विश्वसामु नेपालको नाम चिनाउन र पर्यटन वर्ष २०२० को प्रचारप्रसारमा सहयोग पुर्‍याउन खोजिएको उनिहरुले बताएका छन् ।