कोरियाका ८००० नेपालीलाई कम्पनीले भन्यो : घर जाउ

Newslaya Home

कोरियाका ८००० नेपालीलाई कम्पनीले भन्यो : घर जाउ

मङ्गलबार १३, फागुन २०७६

काठमाडौं । पछिल्लो चार दिनमा दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेको छ ।

अहिलेसम्म आठ सय ३३ जना संक्रमित भइसकेका छन् । संक्रमणसँगै मृत्युको दरसमेत बढ्न थालेपछि त्यहाँ रहेका नेपालीमा त्रास बढ्न थालेको छ ।

शनिबार भाइरसका कारण डेगु सहरमा एक कोरियन नागरिकको मृत्यु भएको थियो । मृत्यु हुनेमा मोटर पार्टस कम्पनीका चालक थिए ।

सोही कम्पनीमा काम गर्दै आएका १६ जना नेपाली बढी त्रासमा रहेको सिवाकोटीले बताए । उनीहरु स्वदेश फर्कन खोजिरहेका छन् । कोरिया सरकारले क्वारेनटाइनको व्यवस्था गरेको छैन, तर उनीहरु आफैं सुरक्षित तवरले बसिरहेका छन् ।

कम्पनीले भने फर्कन आग्रह गरिरहेको छ । डेगुमा आठ हजार नेपाली छन् ।