बुढासुब्बा गोल्डकपमा मनाङको सानदार जीत

Newslaya Home

बुढासुब्बा गोल्डकपमा मनाङको सानदार जीत

सोमबार १२, फागुन २०७६

धरान । २२ औं बुढासुब्बा गोल्डकप अन्तर्गत आजको खेलमा मनाङ मस्याग्दी क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

प्रदेश १ को उपविजेता टिम बेलबारी फुटबल क्लबलाइ ४(० गोलले हराउँदै मनाङ सेमीफाइनलमा पुगेको हो । जितका लागि दयानन्द सिंहले २ गोल गर्दा निशान लिम्बू र विमल रानाले एक एक गोल गरे ।

खेलको म्यान अफ दी म्याच दुइ गोल गरेका दयानन्द घोषित हुँदै नगद १५ हजार रूपैयाँ पाए । खेलको बेष्ट गोलकर्ता भने निशान लिम्बू घोषित हुँदै नगद ५ हजार रूपैयाँ पाए ।

मंगलबार ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब काठमाडौ र भारतको सण्डे क्लब एफबिएलसी बीच अन्तिम क्वाटर फाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख नगद पुरस्कार जित्नेछन् ।