हाम्रो इङ्गलिस बोर्डिङ स्कुलले दुई दिन वार्षीक उत्सव मनाउने

Newslaya Home

हाम्रो इङ्गलिस बोर्डिङ स्कुलले दुई दिन वार्षीक उत्सव मनाउने

सोमबार १२, फागुन २०७६

इटहरी । इटहरीस्थित हाम्रो इङ्गलिस बोर्डिङ स्कुलले यही फागुन १५ र १६ गते आफ्नो वार्षीक उत्सव मनाउने भएको छ । विभिन्न कार्यक्रमहरु गर्दै उसले अभिभावक दिवस तथा वार्षीक उत्सव मनाउन लागेको हो ।

उक्त दुई दिन रोबर्ट तथा ड्रोन प्रदर्शनी, विद्युतिय मतदान, विज्ञान प्रदर्शनीका साथै शैक्षिक प्रदर्शनी पनि गर्ने जनाइएको छ । त्यसका साथै खाद्य प्रदर्शनी, सांस्कृतिक झाँकी, विद्यार्थीहरुको विभिन्न प्रतिभा प्रदर्शनी तथा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति हुने छ भने किताब प्रदर्शनी तथा विविध कार्यक्रम समेत गर्ने आयोजकले जनाएको छ ।

इटहरीमा स्थापना भएर लामो समयदेखि स्तरीय शैक्षिक गतिविधि गरिरहेको उक्त बोर्डिङले प्रत्येक वर्ष यसैगरी विभिन्न कार्यक्रमको साथ आभिभावाक दिवस तथा वार्षीक उत्सव कार्यक्रम गर्ने गरेको विद्यालयको अध्यक्ष अमृता सुब्बाले बताइन् ।