झापाकी युवती खैरो हेरोइनसहित पक्राउ

Newslaya Home

झापाकी युवती खैरो हेरोइनसहित पक्राउ

सोमबार १२, फागुन २०७६

काठमाण्डौ । खैरो हिरोइनसहित प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसबाट ४.२६ ग्राम खैरो हिरोइनसहित युवतीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापा शिवसतासी–११ की २३ वर्षीया वीना डाँगी रहेकी प्रहरीले जनाएको छ। डाँगीले प्लाष्टिकको झोलामा पोका पारेर शरीरमा बाँधेर ल्याएको अवस्थामा हिरोइन बरामद भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।

डाँगीलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार आवश्यक अनुसन्धान तथा कारवाही गरिने प्रहरीले जनाएको छ।