बलिउड अभिनेत्री शिल्पा बनिन दोस्रो पटक आमा

Newslaya Home

बलिउड अभिनेत्री शिल्पा बनिन दोस्रो पटक आमा

सोमबार १२, फागुन २०७६

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्ठी सेरोगेसीको माध्यमबाट दोस्रो पटक आमा बनेकी छन् । यसअघि नै उनको एक छोरा भइसकेको छ । कामको व्यस्ताका कारण उनले सेरोगेसी आमा बन्नु परेको बताइएको छ ।

भारतीय कानुनले कोख भाडामा लगाएर आफ्नो सन्तान जन्माउने प्रक्रिया (सेरोगेसी) लाई छुट दिएको छ । यसअघि शाहरूख खान र गौरी खान पनि सेरोगेसीको प्रक्रियाबाट पछिल्लो छोराका आमा बनेका थिए । बलिउडमा अरू पनि थुप्रै कलाकार सेरोगेसी प्रक्रियाबाट सन्तानका मातापिता बनेका छन् ।

यसरी छोराको आमा भइसकेकी अभिनेत्री शिल्पा सेट्ठीले यसपटक आफैंले गर्भधारण गर्न चाहिनन् । उनले सेरोगेसी माध्यमबाट आमा बन्ने चाहना व्यक्त गरिन् । सोही चाहनाअनुसार उनी यति बेला छोरीको आमा बनेकी हुन् ।

आफ्नो छोरीको जन्म एक साताअघि भएको भन्दै उनले इन्स्टाग्राममा छोरीको फोटो राखेकी छन् । छोरीको नाम समीशा सेट्ठी कुन्द्रा राखेकी छन् ।