इटहरी–२ मा पनि स्कुटरमा आउने भिआइपी चोरको आतकं

Newslaya Home

इटहरी–२ मा पनि स्कुटरमा आउने भिआइपी चोरको आतकं

सोमबार १२, फागुन २०७६

इटहरी । इटहरी–५ मा घरघरमा पसेर चोरी आतकं मच्चाएको व्यक्तिले इटहरी–२ मा समेत चोरी गरेको खुलेको छ । स्कुटरमा घरघर पुग्ने र घरभित्र पसेर मोबाइल चोर्ने उक्त चोरले इटहरी–२ मा दुई जनाको मोबाइल चोरेको स्थानियले बताएका छन् ।

स्थानिय सुस्मीता राई र उनको एक छिमेकीको गरेर दुई वटा मोबाइल एक हप्तामा चोरी गरेको राईले गुनासो गरेकी छिन् । चोरीको विषयमा प्रहरीलाई जानकारी गराउँदा समेत वास्ता नगरेको उनीहरुको गुनासो छ । केही दिन अघि मात्र उक्त व्यक्तिले इटहरी–५ का झण्डै आधा दर्जन घरमा पसेर चोरी गरेको थियो ।

प्रायः जसो बिहान ९ बजेको आसपासमा उक्त व्यक्तिले चोरी गर्ने गरेको छ । ९ बजेको समयमा मानिसहरु अफिस जान हतारिरहेको बेलालाइ चोरले टार्गेट बनाउने गरेको छ ।

इटहरी–५ मा चोरी गर्नको लागि हिड्दै गरेको अवस्थामा त्यहाँको सिसिटिभि क्यामेराले समेत उक्त फोटो कैद गरेको थियो ।