कोरोनाभाइरस : इटलीमा भेनिस कार्निभल छोट्याइयो, दक्षिण कोरिया ‘उच्चतम सतर्कता’मा

Newslaya Home

कोरोनाभाइरस : इटलीमा भेनिस कार्निभल छोट्याइयो, दक्षिण कोरिया ‘उच्चतम सतर्कता’मा

सोमबार १२, फागुन २०७६

बिबिसि । कोरोनाभाइरसबाट सङ्क्रमण भएका व्यक्तिहरू सङख्या बढेपछि इटली र दक्षिण कोरियाका अधिकारीहरूले उक्त प्रकोपलाई नियन्त्रण गर्ने उद्देश्यले विभिन्न उपायहरू अवलम्बन गरेका छन्।

इटलीका अधिकारीहरूले भेनिसमा भइरहेको एउटा मेलालाई छोट्याइदिएका छन्।

भेनिस कार्निभल अब निर्धारित मितिभन्दा दुई दिनअघि नै सकिने अधिकारीहरूले बताए।

युरोपमा सबैभन्दा धेरै कोरोनाभाइरस सङ्क्रमण भएका मानिस इटलीमा फेला परेका छन्।

हालसम्म इटलीमा १५२ जनामा कोरोनाभाइरस भएको पुष्टि भएको छ। उक्त प्रकोपका कारण त्यहाँ तीन जनाले ज्यान गुमाएका छन्।