बुढासुब्बा गोल्डकप : नेपाल पुलिस क्लबको सानदार जित

Newslaya Home

बुढासुब्बा गोल्डकप : नेपाल पुलिस क्लबको सानदार जित

आइतबार ११, फागुन २०७६

इटहरी । धरानमा जारी २२ औं अन्तराष्ट्रिय आमन्त्रण टुबोर्ग बुढासुब्बा गोल्डकपको अन्तिम खेलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापालाई १–३ गोल अन्तरले हराउँदै नेपाल पुलिस क्लब बिजयी भएको छ ।

सुरुमा निकै प्रतिस्प्रधात्मक भएको नेपाल पुलिस क्लब र मेची नेत्रालय झापा बिचको खेल निकै प्रतिस्प्रधात्मक भएको थियो । खेलको १० मिनेटमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका खेलाडी सन्जय धिमालले पहिलो गोल गरि आफ्नो टिमलाई १ गोलले अग्रता दिलाउन सफल भएका थिए ।

पहिलो हाफ कै ४१ मिनेटमा नेपाल पुलिस क्लबका सुमन सुबेदीले गोल गरि खेललाई बराबरी गर्न सफल भए । खेलको ४३ औ मिनेटमा जुमानु राईले थप एक गोल गरि आफ्नो समुहलाई १–२ गोलको अग्रता दिलाउन सफल भए ।

मेची नेत्रालय झापाले गोल फर्काउन कडा प्रयास गरे पनि पुलिसकै जुमानु राईले खेलको दोश्रो हाफको ७७ औ मिनेटमा थप १ गोल गरि नेपाल पुलिस क्लबलाई १–३ गोलले अग्रता दिलाउन सफल भए । आजको खेलको बेष्ट गोल गर्ने खेलाडी नेपाल पुलिस क्लबका सुमन सुवेदी घोषित भए ।

उनले नगद पाँच हजार प्राप्त गरे । यसैगरी खेलको म्यान अफ द म्याच पनि पुलिसकै जुमानु राई घोषित भए । उनले नगद १५ हजार प्राप्त गरे ।
यसैगरी भोलीको खेल मनाङ मर्स्याङदी क्लब काठमाण्डौ र बेलबारी फुटबल क्लब मोरङ बिच हुने अयोजकले जनाएको छ ।