साइबेरियामा भेटियो ४६ हजार वर्ष पुरानो चरा

Newslaya Home

साइबेरियामा भेटियो ४६ हजार वर्ष पुरानो चरा

शुक्रबार ०९, फागुन २०७६

साइबेरिया । साइबेरियामा ४६ हजार वर्ष पुरानो चराको अस्थिपञ्जर भेटिएको छ ।

वैज्ञानिकले यस्तो पुष्टि गरेका हुन् । उक्त चरा हिउँमा जमेको अवस्थामा भेटिएको बताइएको छ । साइबेरियाको उत्तर पूर्वी क्षेत्र बेलाया गोरामा यो चरा भेटिएको हो ।

उक्त चरा स्थानीय शिकारीहरुको मद्दतबाट स्विडिस संग्रहालयका अनुसन्धाताले पत्ता लगएका हुन् ।

यस क्षेत्रमा वैज्ञानिकले केही शव र जनावरका शरीरको भागसमेत भेटेका छन् ।