हङकङमा १५ औं तलाबाट चार वर्षीया बालिका खसेपछि.....

Newslaya Home

हङकङमा १५ औं तलाबाट चार वर्षीया बालिका खसेपछि.....

शुक्रबार ०९, फागुन २०७६

हङकङ । हङकङमा १५ औं तलाबाट खस्दा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

शुक्रबार ट्युन मुनस्थित वु चुई सडक नजिकको बटरफ्लाई स्टेट भवनको १५ औं तलाबाट ती बालिका भुइँमा खसेकी थिइन् ।

स्थानीय समयअनुसार अपरान्ह २ बजेर १८ मिनेटमा यस घटना भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।

बालिकाका पिताले लापारवाही गरेर छाडेपछि बालिकाको मृत्यु भएको प्रहरीको आशंका छ । भवनका गार्डले यस घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल बालिकालाई ट्युन मुन अस्पताल भर्ना गरिएको थियो । केहीबेरमै बालिका मृत घोषणा गरिएको थियो । अर्की एक चारवर्ष भन्दा कम उमेरकी छोरी भने सुरक्षित भएको बताइएको छ ।

मृतक बालिकाका पिता तीन छोरीको अभिभावक भएको बताइएको छ । उनी सम्बन्ध विच्छेद भएका पुरुष हुन् ।