धरान १० के रनको सम्पूर्ण तयारी पूरा

Newslaya Home

धरान १० के रनको सम्पूर्ण तयारी पूरा

शुक्रबार ०९, फागुन २०७६

धरान । धरानमा शनिबार बिहान आयोजना हुन लागेको च्यारिटी रनको आवश्यक तयारी पूरा भएको छ । धरान रन समूहद्वारा आयोजित ‘प्रभु बैंक १० के रन आठौं नेवा च्यारिटी रनको सम्पूर्ण तयारी पूरा भएको हो ।

यसपटक विभिन्न उमेर समूहका करिब ४ हजार धावक धाविकाले रनमा सहभागीता जनाउन लागेको जनाइएको छ । यस पटक मलेसिया र बंगलादेशबाट समेत धावक, धाविकाहरुको सहभागीता रहने छ ।

पूर्व मिस नेपाल श्रृखला खतिवडाको विशेष अतिथीको रुपमा उपस्थिती हुने छ । प्रतियोगिताको खुल्लातर्फको महिला र पुरुष पहिलो, दोस्रो र तेस्रो बन्नेले क्रमसः नगद ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्ने छन् । त्यसैगरी, १२ वर्षभन्दा मुनिका, १२ देखि १६ वर्षसम्मका र ४० वर्षमाथीका भेट्रानको महिला र पुरुषतर्फको पहिलो, दोस्रो र तेस्रोले क्रमस नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

धरानका स्थानीय धावक धाविकालाई प्रोत्साहन गदै पहिलो र दोस्रो हुने १ जना महिला र १ जना पुरुषलाई समेत पुरस्कृत गरिने आयोजकले जनाएको छ । रन पूरा गरी आइपुग्ने २ हजार जना धावक धाविकालाई टिसर्ट र मेडल प्रदान गरिने जनाइएको छ ।

दौड लोकतान्त्रिक चौतारी भानुचोकबाट पुतली लाइन, दुर्गा चोक, बुद्ध चोक, रत्न चोक, मंगलबारे, कल्याण चोक, पानी ट्याङकी, गणेशमान चोक, रंगशाला हुँदै जिरो पाइन्ट, अमरहाट, रेडक्रस भवन, हात्तिसार, विजयपुर चोकहुँदै, पिण्डेश्वर मन्दिर, चिनियाँ चोक, पुरानो बजार, देशीलाइन हुँदै पुनः भानुचोकमा आएर समापन हुने छ ।