जुम्लामा बिहानैदेखि हिमपात

Newslaya Home

जुम्लामा बिहानैदेखि हिमपात

शुक्रबार ०९, फागुन २०७६

जुम्ला । जुम्लामा शुक्रबार (आज) बिहानदेखि हिमपात भएको छ । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ ।

बिहानैदेखि परेको हिउँले डाडाँकाँडा सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ ।

लगातार पानी र हिउँबाट बच्न प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् ।