मोरङबाट ब्राउनसुगर सहित चार जना पक्राउ

Newslaya Home

मोरङबाट ब्राउनसुगर सहित चार जना पक्राउ

शुक्रबार ०९, फागुन २०७६

मोरङ । मोरङबाट ब्राउन सुगर सहित चार जना पक्राउ परेका छन । सुन्दरहरैचा–६ घर भई सुन्दरहरैचा भर्जना पुल स्थितमा डेरा गरी बस्ने नर बहादुर दर्जीको कोठाबाट ४ ग्राम ६६० मिलि ग्राम ब्राउन सुगर सहित ४ जना पक्राउ परेका हुन ।

बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट गस्तीमा खटिएको प्रहरी टोलीले नर बहादुर दर्जीको कोठामा खानतलासी गर्दा नर बहादुर दर्जी सहित सोही स्थानका आषिस ढकाल, आषिस मगर र रुपेश तामाङलाई ब्राउनसुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।