सुन मूल्यले बनायो रेकर्ड

Newslaya Home

सुन मूल्यले बनायो रेकर्ड

शुक्रबार ०९, फागुन २०७६

काठमाडौं । नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार (आज) छापावल सुन प्रतितोला ७८ हजार १ सय र तेजावी सुन ७७ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी माहासंघले जनाएको छ ।

यस्तै चाँदीको प्रतितोला मूल्य ९ सय १५ रुपैयाँ पुगेको संघले जनाएको छ । बिहीबारको तुलनामा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य स्थीर छ ।

फागुन ६ गते देखि दैनिक बढ्न थालेको सुनको मूल्यले हरेक दिन उच्च मूल्यको रेकर्ड राखेको महासंघले जनाएको छ ।