महाशिवरात्रि : पशुपतिनाथमा पाँच हजार साधु भेला

Newslaya Home

महाशिवरात्रि : पशुपतिनाथमा पाँच हजार साधु भेला

शुक्रबार ०९, फागुन २०७६

बिबिसि । महाशिवरात्रिका अवसरमा काठमाण्डूस्थित पशुपतिनाथ मन्दिरमा लाखौँ मानिसहरूको भिड लाग्छ ।

हिन्दूहरूका एक प्रमुख देवता महादेवको जन्मदिनका रूपमा मनाइने यो पर्वमा नेपालका विभिन्न स्थान र भारतबाट साधुसन्तहरू आउँछन् ।

यो पर्वमा विशेषतः नागा, नाथ, वैरागी, अघोरी र निरङ्कारी सम्प्रदायका साधुहरू आउने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

यसपालि ५,००० भन्दा बढी साधुसन्तहरू आएको अनुमान छ । उनीहरूलाई पशुपतिक्षेत्रमै बसोबासको व्यस्था मिलाइएको छ ।