बाँस्कोटामाथि अख्तियारले थाल्यो छानबिन

Newslaya Home

बाँस्कोटामाथि अख्तियारले थाल्यो छानबिन

शुक्रबार ०९, फागुन २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुसकाण्डमा मुछिएर राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटामाथि छानबिन थालेको छ ।

सेक्युरिटि प्रेस स्थापनाका विषयमा घुस लेनदेन गर्न कुराकानी गरेको अडियो बाहिरएपछि ध्यानाकर्षण भएको अख्तियारले जनाएको छ । अख्तियारले अध्ययनका लागि बिहीबार बाँस्कोटाको कार्यकक्षमा छापा मारेर आवश्यक कागजात नियन्त्रणमा लिएको छ । साथै बाँस्कोटाले प्रयोग गरेको दराजमा रहेका कागजपत्र सिलबन्दी गरिएको छ ।

सेक्युरिटी प्रेस खरिदमा बाँस्कोटाले ७० करोड रुपैयाँ कमिसन मागेको अडियोका विषयमा आयोगले छानबिन थालेको हो । मिडियामा आएका विषयमा अख्तियारको ध्यानाकर्षण भएर अध्ययन थालेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

बाँस्कोटाले भ्रष्टाचार उद्योग गरेको ठहर भएमा ८ वर्षसम्म कैद र बिगोको आधार सजाय हुन सक्नेछ ।