चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुग्यो

Newslaya Home

चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ हजार १ सय १८ पुग्यो

शुक्रबार ०९, फागुन २०७६

काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ सय १८ जना पुगेको छ ।

गत वर्षको अन्त्यमा चीनको हुवेई प्रान्तको वुहान शहरबाट शुरू भएको यस भाइरसका कारण मृत्यु हुने व्यक्तिको संख्या वृद्धि भएपनि संक्रमितको संख्यामा भने कमी आएको चिनियाँ सरकारले जनाएको छ ।

गत मंगलबार एकै दिनमा यस भाइरसको संक्रमणका कारण १ सय ३६ जनाको मृत्यु भएको एपी समाचार समितिले जनाएको थियो ।