बलिउड फिल्म ‘इन्डियन २’ को सुटिङ सेटमा क्रेन दुर्घटना, निर्देशकसहित तीन जनाको मृत्यु

Newslaya Home

बलिउड फिल्म ‘इन्डियन २’ को सुटिङ सेटमा क्रेन दुर्घटना, निर्देशकसहित तीन जनाको मृत्यु

बिहीबार ०८, फागुन २०७६

काठमाण्डौ । बलिउड फिल्म ‘इन्डियन २’ को सुटिङका क्रममा क्रेन दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। दुर्घटनामा परेर फिल्म निर्देशक शंकर, प्रोडक्सन असिस्टेन्ट मधु र आर्ट असिस्टेन्ट चन्द्रनको निधन भएको हो।

बुधबार सुटिङका क्रममा प्रयोग गरिएको क्रेन पल्टिदा उनीहरुको सुटिङ स्थलमै मृत्यु भएको जनाइएको छ । त्यस्तै दुर्घटनामा अन्य नौ जना घाइते भएका छन्।

दुर्घटना भएसँगै यस फिल्मका मुख्य कलाकार कमल हसनले ट्वीटरमा एउटा ट्वीट गर्दै यो दुर्घटना एकदम ‘क्रूर’ रहेको उल्लेख गरेका छन्। प्रहरीले घटना बारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार दुर्घटना बुधबार राती भएको थियो। तर बिहिबार बिहान मात्रै प्रहरीमा उजुरी गरिएको थियो।