मदन स्मृति पुरुष भलिबलको क्वार्टरफाइनलमा झापा र संखुवासभा

Newslaya Home

मदन स्मृति पुरुष भलिबलको क्वार्टरफाइनलमा झापा र संखुवासभा

बिहीबार ०८, फागुन २०७६

काठमाडौं । सोलुखुम्बु सदरमुकाम सल्लेरीमा जारी प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा झापा र संखुवासभा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

सल्लेरीस्थित योङ्ग स्टार क्लबको खेल मैदानमा जारी प्रतियोगिताको दोश्रो दिन बुधबार लिग खेलहरु सम्पन्न भई क्वार्टर फाइनल पुग्ने टिमको टुंगो लागेको हो ।

झापा समूह ‘ए’ को विजेताको र संखुवासभा समूह ‘सी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुगेको हो । दोश्रो क्वार्टरफाइनलमा सोलुखुम्बुले खोटाङको सामना गर्ने छ । सोलुखुम्बु समूह ‘बी’ को विजेताको रुपमा क्वाटर फाइनल प्रवेश गरेको हो । खोटाङ समूह ‘डी’ को उपविजेताको रुपमा अन्तिम आठमा पुगेको हो ।

तेश्रो क्वार्टरफाइनलमा समूह ‘सी’ को विजेता सुनसरीले समूह ‘ए’ को उपविजेता धनकुटासँग प्रतिस्पर्धा गर्नेछ । चौथो तथा अन्तिम क्वार्टरफाइनमा खेलमा समूह ‘डी’ को विजेता ओखलढुंगाले समूह ‘बी’को उपविजेता भोजपुरको सामना गर्नेछ ।

मंगलबार सुरु भएको प्रतियोगितामा प्रदेश १ का १३ जिल्लाको सहभागिता छ ।