विमानस्थलमा रोबोट सेवा सुरु

Newslaya Home

विमानस्थलमा रोबोट सेवा सुरु

बिहीबार ०८, फागुन २०७६

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा रोबोट सेवा सुरु भएको छ ।

संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार (आज) एक कार्यक्रमबीच रोबोट सेवाको उद्घाटन गरेका हुन् । पर्यटन परी नाम दिइएको दुईवटा रोबोटहरुले बिमानस्थलमा यात्रुलाई अभिवादन गर्ने काम गर्नेछन् ।

त्यस्तै रोबोटमा सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत् उपलब्ध गराउने छन् । रोबोटहरु विमानस्थलको आगमन र प्रस्थान कक्षमा राखिनेछ । रोबोटहरुले अंग्रेजी र चिनियाँ भाषमा संवाद गर्ने र पर्यटकहरुलाई नेपालका पर्यटन गन्तव्य भिषा प्रक्रिया लगायतका विषयमा जानकारी गराउने छन् ।

रोबोटको सञ्चालन मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन वोर्ड र नेपाल नागरिक उड्डयान प्राधिकरणको संयुक्त प्रयासमा गरिएको हो । रोबोटको लागत प्रति रोबोट २० लाख रुपैयाँ रहको छ ।