सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने झापाका १० युवा पक्राउ

Newslaya Home

सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने झापाका १० युवा पक्राउ

बिहीबार ०८, फागुन २०७६

झापा । भारतसँग सीमा जोडिएको इलामको पर्यटकीय गन्तव्य सन्दकपुर क्षेत्रमा ड्रोन उठाउने १० नेपाली युवालाई पक्राउ गरिएको छ ।

बुधबार भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले ड्रोनमार्फत दृश्य र भिडियो कैद गरिरहेका झापाका विज्ञान गौतम, विश्वास घिमिरे, निश्चल कार्की, देवेन्द्र सिटौला, कमल सुवेदी, दिपेन गौतम, शाहत रिजाल, निमेश भट्टराई, कृष्ण सापकोटालगायतलाई पक्राउ गरेको हो ।

सन्दकपुरको पर्यटन प्रवर्द्धनसम्बन्धी भिडियो निर्माण गर्न उनीहरुले ड्रोन प्रयोग गरेको बुझिएको छ । तर, भारतीय सुरक्षा अधिकारीले सिंह लिला राष्ट्रिय निकुन्ज क्षेत्रभित्र उनीहरुले अवैध रुपमा ड्रोन उडाएको र त्यही कारण पक्राउ गरिएको जनाएको छ ।

पक्राउ परेका उनीहरुलाई दार्जिलिङको सुकेपोखरी प्रहरी चौकी लगिएको र भारतीय दण्ड संहिताको धारा २८७, ३३६, ३४ का साथै एयर क्राफ्ट एक्टको धारा ११ र ११ ९ए० अन्तर्गत मुद्दा दायर गरिएको छ । त्यस्तै राष्ट्रिय निकुञ्ज संरक्षणसम्बन्धी ऐनको धारा ५१ र ६१ अन्तगृत थप दुई मुद्दासमेत दर्ता गरिएको जनाइएको छ ।

दार्जिलिङ जिल्ला अदालतले अभियुक्तलाई ५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।