खेलकुद सप्ताह : महेन्द्रलाई हराउँदै जनता क्याम्पसले जित्यो भलिबलको उपाधि

Newslaya Home

खेलकुद सप्ताह : महेन्द्रलाई हराउँदै जनता क्याम्पसले जित्यो भलिबलको उपाधि

बुधबार ०७, फागुन २०७६

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीद्वारा आयोजित खेलकुद सप्ताह भलिबल तर्फको उपाधी आयोजक जनता क्याम्पसले हात पारेको छ । आज (बुधबार) भएको फाइनल खेलमा महेन्द्र बहुमुखीलाई ३–१ को सेटमा हराउँदै जनता क्याम्पसले उपाधी हात पारेको हो ।

सरुवात देखि नै उत्कृष्ट खेल खेलेको जनताले पहिलो सेट नै जितेको थियो । दोस्रो सेट महेन्द्रसंग हारेको जनताले क्रमस तेस्रो र चौथो सेटमा विजयी हुँदै उपाधी जितेको हो । जनता क्याम्पसले आफ्नो अतिरिक्त क्रीयाकलाप रुपमा खेलकुद सप्ताहको आयोजना गरेको हो ।

आजै भएको छात्रा भलिबलको उपाधी बि. एड.ले जितेको छ । बि.एडले २–० को सोझो सेटमा बि.बि.एसलाई पछि पार्दै उपाधी जितेको हो ।