अम्बामा नुन हालिदिएको भन्दै एक युवकले गरे आफ्नै साथीको हत्या

Newslaya Home

अम्बामा नुन हालिदिएको भन्दै एक युवकले गरे आफ्नै साथीको हत्या

बुधबार ०७, फागुन २०७६

साथीसाथीबीच कतिसम्म घनिष्ठ सम्बन्ध हुन्छ भने एकले अर्काका ठूलाठूला गल्ती पनि माफी गर्छन् । तर, यही कुरा सबैमा लागु हुन्छ भन्ने चाहिँ हुँदैन ।

किनकि एउटा अम्बामा नुन हालिदिएकै भरमा भारतमा एक युवकले आफ्नै साथीको हत्या गरेका छन् । प्रहरीले ती युवकलाई गिरफ्तार गरेको छ ।

यो घटना हो, ग्रेटर नोएडाको । २८ जनवरीमा त्यहाँको एक गाउँमा एक युवाले आफ्ना साथीलाई अम्बामा नुन दलेको भनेर छुरीले प्रहार गरेका हुन् । उनीहरु १५ वर्षदेखिका साथी थिए ।