शुक्रबार देशभर सार्वजनिक बिदा

Newslaya Home

शुक्रबार देशभर सार्वजनिक बिदा

बुधबार ०७, फागुन २०७६

काठमाडौं । सरकारले आउँदो शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ । फागुन ९ गते शुक्रबार शिवरात्रि परेकाले उक्त दिन सरकारले सार्वजनिक बिदा दिएको हो । उक्त दिन सरकारी कार्यालय, शिक्षण संस्थासहितका सबै कार्यालयमा बिदा हुनेछ ।

सरकारले २०७६ सालभरीको सार्वजनिक बिदाबारे जानकारी दिन १ चैत २०७५ मा राजपत्रमा प्रकाशित पर्व बिदामा शिवरात्रिका दिन मुलुकभर बिदा दिइने उल्लेख छ ।