चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि

Newslaya Home

चीनबाट ल्याइएका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि

बुधबार ०७, फागुन २०७६

काठमाडौं । गत आइतबार चीनको वुहानबाट ल्याइएको नेपालीहरुमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १ सय ७५ नेपालीमा कोरोना भाइरसको संक्रमण नदेखिएको जनाइएको हो । क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएकोमा एउटाको नतिजा आज आएको हो ।

वुहानबाट ल्याइएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्‍यालको नमूना संकलन गरिएको थियो । अर्को परीक्षण भने १४ औं दिनमा गरिने छ ।
वुहानबाट उद्दार गरेर ल्याइएका नेपालीहरुलाई अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएको छ ।