एपेक्स हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

Newslaya Home

एपेक्स हस्पिटलको निःशुल्क स्वास्थ्य शिविर

बुधबार ०७, फागुन २०७६

इटहरी । इटहरीस्थित एपेक्स हस्पिटलमा निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । आइतबार सम्पन्न शिविरमा एक सय ५० जना बिरामीले सेवा लिएका थिए ।

बिहान ८ बजेदेखि अपराहन्न १२ बजेसम्म सञ्चालान गरिएको शिविरमा सुगर, प्रेसर र कोलेस्ट्रोलको निःशुल्क जाँच गरिएको थियो भने अन्य ल्याब जाँचमा ३० प्रतिशत छुट गरिएको थियो ।

उक्त हस्पिटलमा हरेक दिन बिहान ६ः ०० बजे देखि बेलुका ९ः ०० बजे सम्म फिजीयोथेरापी सेवा अन्तर्गत हातखुट्टा तथा शरिरको भागमा भएको व्याशलारुइसीसको उपचार, नसा च्यापिएको, नसाको समस्या सम्बन्धी उपचचार, मुख बाङ्गो भएको उपचार साथै सुगररको बिरामीहरुको लागी विशेष शारीरिक व्यायम तथा फिटनेसको सेवा उपलब्ध भएको डा. उपेन्द्र घिमिरेले बताए ।