कार्यपालिका र व्यवस्थापिका इटहरी नसारे अनशन बस्ने सांसद तुम्बाहाम्फेको चेतावनी

Newslaya Home

कार्यपालिका र व्यवस्थापिका इटहरी नसारे अनशन बस्ने सांसद तुम्बाहाम्फेको चेतावनी

मङ्गलबार ०६, फागुन २०७६

विराटनगर । सुनसरीको इटहरी क्षेत्रमा कार्यपालिका र व्यवस्थापिकाको संरचना निर्माण नगरे प्रदेश १ की सांसद विष्णु तुम्बाहाम्फेले अनशन बस्ने चेतावनी दिएकी छन् ।

मंगलबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सांसद तुम्बाहाम्फेले ११ महिना अघि भएको यो सहमति कार्यान्वयन गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ‘११ महिना अघि भएको सहमति सरकारले भुल्यो’, सांसद तुम्बाहाम्फेले भनिन्, ‘अब पनी ती संरचना बनाउन प्रदेश सरकारले ध्यान नदिए सदनमा अनशन बस्छु ।’

गत वैशाख २३ गते दलबीच बृहत विराट क्षेत्र अन्तर्गत कार्यपालिका र व्यवस्थापिकाको संरचना सुनसरीको इटहरी आसपासमा राखेर विराटनगरलाई राजधानी बनाउने सहमति भएको थियो । सम्झौतामा सुन्दरहरैचा पूर्व इटहरीको आसपासमा कार्यपालिका र व्यवस्थापिकाका बन्ने उल्लेख छ ।

सांसद तुम्बाहाम्फेले वर्षातको समयमा संसद सचिवालयसहित बैठकस्थल डुबेर बस्नसमेत नसक्ने अवस्था रहने भएकाले यसको व्यवस्थापन चाँडो गर्नसमेत प्रदेश सरकारसँग माग गरिन् ।