बजारमा बिल बिनाका लेज र कुर्कुरे छ्याप्छ्याप्ती

Newslaya Home

बजारमा बिल बिनाका लेज र कुर्कुरे छ्याप्छ्याप्ती

मङ्गलबार ०६, फागुन २०७६

इटहरी । पुर्वी तराइका बजारमा बिल बिनाका लेज र कुर्कुरे छ्याप्छ्याप्ती पाइन थालेपछि आधिकारिक बिक्रेता कम्पनि मारमा परेको छ ।

तस्करीका कारण आफ्नो ६० प्रतिशत बढी ब्यापार खस्केको बिक्रेता कम्पनिको गुनासो छ ।

नेपालको लागि आधिकारीक बिक्रेता सिम्रिक डिस्टीब्युटर्सले पूर्वी नेपालमा आफ्नो ६० प्रतिशत बजार खोसिएको गुनासो गरेको छ । अघिल्लो वर्ष पनि ८० प्रतिशत बजार तस्करीको सामानले कब्जा गरेपछि उद्योग विभागका साथै राजस्व कार्यालयलाई गुहारेको कम्पनिले यो वर्ष पनि नियन्त्रणको पहल थालेको छ । तर कोही निकायले जिम्मेवारी नलिएको कम्पनिको बिक्रि विभागका जेनेरल मेनेजर आनन्दबहादुर शाहले गुनासो गरे ।

उनका अनुसार नेपालमा लेज तथा कुर्कुरे आयातको अधिकार सिम्रिक डिस्टीब्युटर्सलाई मात्र छ । तर नाफा कमाउने लोभमा केही समुहले तस्करी गरिरहेको सिम्रिक कम्पनिको दावी छ । एक वर्षअघिसम्म भन्सारबाटै भित्रिने गरेकोमा यो वर्ष भने पोके तस्करहरुमार्फत् भित्रिइरहेको उनले बताए ।

सिम्रिकले आयात गर्ने लेजको प्याकेट र भारतबाट विना अनुमति ल्याइने लेजको प्याकेट नै फरक हुन्छ । सिम्रिकको लेजको प्याकेटमा नेपालका लागि मात्र भनेर लेखिएको हुन्छ भने भारतीय लेजको प्याकेटमा नेपालको लागि मात्र भनेर लेखिएको हुँदैन ।