नेपालमा पनि भित्रियो ‘पार्टी बस’

Newslaya Home

नेपालमा पनि भित्रियो ‘पार्टी बस’

मङ्गलबार ०६, फागुन २०७६

बिबिसि । गुड्दै गरेको बसमा पार्टी आयोजना गर्ने भन्दा धेरैलाई अचम्म लाग्न सक्छ तर नेपालमै यस्ता बसको सञ्चालन भएको छ ।

‘पार्टी अन ह्वील’ अर्थात् गाडीमा पार्टी आयोजना गर्ने सोचसहित नेपालमा त्यस्ता दुई बस सञ्चालनमा आएको हो ।

विभिन्न समारोहका लागि डीजेको सङ्गीत र पेयपदार्थको सुविधासहित पार्टी गर्ने मिल्ने ती बस भारतमा बनेका हुन् ।

‘पार्टी बस नेपालका सञ्चालक रमेश काफ्लेका अनुसार अहिलेका लागि बसले काठमाण्डू उपत्यकाका विभिन्न चार ठाउँमा मानिसहरूलाई चढाउने र ‌ओराल्ने गर्नेछ। त्यसका लागि अग्रीम बुकिङ गर्नुपर्ने हुन्छ ।