ललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु

Newslaya Home

ललितपुरकी युवतीको अस्ट्रेलियामा मृत्यु

मङ्गलबार ०६, फागुन २०७६

काठमाडौं । ललितपुरकी एक युवतीको अस्ट्रेलियामा मृत्यु भएको छ ।

ललितपुर साना गाउँबाट अध्ययनका लागि अस्ट्रेलियाको सिड्नी गएकी रमिला मर्हजनको मृत्यु भएको हो ।

दुई वर्षअघि मात्रै अस्ट्रेलिया गएकी महर्जनलाई ब्रेन ट्युमरको समस्या देखिएको थियो । त्यसको उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ ।

श्रीमान सञ्जय महर्जन पनि उनी सँगै थिए । रमिलाको दाहसंस्कार सोमबार अस्ट्रेलियामै गरिएको छ ।

रमिला बीबीएस सकेर उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएकी थिइन् ।