किन खाने काँचो केरा ?

Newslaya Home

किन खाने काँचो केरा ?

मङ्गलबार ०६, फागुन २०७६

पाकेको केरा मात्रै होइन काँचो केराले पनि स्वास्थ्यको लागि अनेक फाइदा पुर्याउँछ । काँचो केरामा प्रशस्त मात्रामा पोटाशियम हुन्छ । पोटाशियम हाम्रो शरीरको लागि आवश्यक तत्व हो । यसले रोगसँग लड्नसक्ने क्षमता बढाउँछ ।

यसमा अर्को तत्व भिटामिमन बी ६, भिटामिन सी हुन्छ जसले शरीरलाई फूर्तिलो बनाउँछ । काँचो केरामा पनि फाइबर हुने हुँदा दुब्लाउन चाहानेहरुको लागि एकदमै उपयोगी हुन्छ ।

यसले पेटसम्बन्धी समस्याबाट मुक्ति मिल्नुका साथै कब्जियत हुनबाट बचाउँछ । ग्याष्ट्रिकको समस्या समेत घटाउँछ ।

त्यस्तै, काँचो केराले मधुमेह रोगलाई नियन्त्रण गर्न मदत गर्छ ।