बेलायती सांसदलाई दिल्ली विमानस्थलमा रोकियो

Newslaya Home

बेलायती सांसदलाई दिल्ली विमानस्थलमा रोकियो

मङ्गलबार ०६, फागुन २०७६

काठमाडौं । भारतले बेलायतकी लेबर पार्टीकी एक सांसदलाई दिल्ली विमानस्थलमा रोकेर उनको भिसा रद्ध गरिदिएको छ ।

सांसद डेबी अब्राहम्सले काश्मीर मामिलामा भारतले गरेको निर्णयको कठोर आलोचना गरेकी थिइन् ।

बीबीसीमा प्रकाशित समाचारअनुसार उनी ब्रिटेनको संसदीय समितिकी अध्यक्ष पनि हुन् । उनले दिल्ली विमानस्थलमा आफ्नो भिसा रद्ध गर्नुको कारण माग गरेकी थिइन् ।

उनले आफूलाई एक अपराधीसरह व्यवहार गरिएको बताइन् । उनले आफ्नो पासपोर्ट लिएर एक अधिकारी करिब १० मिनेट बेपत्ता भएको र आएपछि आफूलाई अभद्र व्यवहार गरेको बताएकी छन् ।