मेसी र हामिल्टनले जिते वर्ल्ड स्पोर्टसम्यान अवार्ड

Newslaya Home

मेसी र हामिल्टनले जिते वर्ल्ड स्पोर्टसम्यान अवार्ड

मङ्गलबार ०६, फागुन २०७६

काठमाडौँ । अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसीले लाउरेउस वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् ।

सोमबार घोषणा गरिएको सो अवार्डमा मेसी र फर्मुला वान स्टार लेविस हामिल्टन संयुक्त विजेता बनेका हुन् ।

मेसीले गत बर्ष बार्सिलोनालाई २६औ ला लिगा उपाधि जिताउन महत्वपूर्ण भूमिका खेल्दै ३४ खेलमा ३६ गोल गरेका थिए ।

त्यस्तै मर्सिडिज ड्राइभर हामिल्टन २०१९ मा छैठौ पटक एफ वान विश्व च्याम्पियन बने । उनी माइकल सुमाकरपछि धेरै फर्मुला वान विश्व च्याम्पियन जित्ने दोस्रो खेलाडी हुन् ।

अवार्ड समारोहमा हामिल्टन स्वयं उपस्थित भएका थिए भने मेसीले भ्वाइस संदेश पठाएका थिए ।

सन्देशमा मेसीले अवार्ड पाएकोमा खुशी व्यक्त गर्दै व्यक्तिगत अवार्डमा पहिलो पटक समुह स्पोर्ट्सबाट आफुले पाएकोमा धन्यवाद व्यक्त गरेका छन् ।