भारतले महाकालीमा बनाएको पुल नेपाल प्रहरीले हटायो

Newslaya Home

भारतले महाकालीमा बनाएको पुल नेपाल प्रहरीले हटायो

मङ्गलबार ०६, फागुन २०७६

काठमाडौं । भारतले महाकाली नदीमा लगाएको काठेपुल नेपाली प्रहरीले हटाएका छन् ।

केही साताअघि व्यास गाउँपालिका–१ को माल्पादेखि दोपखेसम्मको क्षेत्रमा भारतीय पक्षले काठेपुल हालेको थियो ।

आइतबार दुम्लिङमा रहेका प्रहरीले काठेपुल निकालेर महाकाली नदीमा फालेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

भारतले तिब्बत सीमा जोड्ने सडक निर्माण गर्नुका साथै सीमा नदी महाकालीमा हालेको थियो ।

व्यास-१ पेल्सितीमा लगाइएको र माल्पानजिक महाकाली तर्न बनाइएको काठका डन्डी प्रहरीले फालेका हुन् । व्यास–१ के कटारपानीमा डोजरसमेत वारपार गर्न मिल्ने गरी बनाएको कल्भर्टजस्तै पुलमाथि ढुंगा राखिएकाले भत्काउन नसकेको एक प्रहरीले बताए ।