सवारी तीव्र गतिमा चलाए चालकले लिखित परीक्षा दिनुपर्ने

Newslaya Home

सवारी तीव्र गतिमा चलाए चालकले लिखित परीक्षा दिनुपर्ने

सोमबार ०५, फागुन २०७६

विराटनगर । प्रदेश १ को पूर्व–पश्चिम र कोशी राजमार्ग अन्तर्गतको सडक खण्डमा यात्रुबहाक सवारी साधन तीव्र गरिमा कुदाएको पाइए लिखित परीक्षा लिइने भएको छ ।

चालकले लापरबाहीपूर्ण र तीव्र गतिमा गाडी कुदाउँदा राजमार्गमा अत्याधिक दुर्घटना हुने गरेको पुष्टि भएपछि पहिलो चरणमा राजमार्गको झापा, मोरङ र सुनसरी खण्डमा चल्ने गाडीका चालकले परीक्षा दिनु पर्ने नियम लागू गरिएको हो ।

८० प्रतिशत दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भएको पाइएको छ भने ७० प्रतिशत दुर्घटना राजमार्गमा भएको पाइएको छ । ट्राफिक प्रहरीको अध्ययनबाट उक्त दुर्घटना नियन्त्रणको लागि चालकमाथि कारबाहीको नयाँ उपाय अपनाइएको हो ।

केही समय भित्रै प्रदेशका १४ वटै जिल्ला र सबै सडक खण्डमा लागू गर्ने गरि नियम उल्लंघनको कसुरमा कारबाही गरिए पनि लापरबाही नरोकिएपछि चालकसँग लिखित परीक्षा लिन सुरु गरिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले जानकारी दिए ।

ुयसअघि ट्राफिक नियम उल्लंघनको कसुरमा चालकलाई एक हजार पाँच सय रुपैयाँसम्म जरिवाना गर्ने गरिएको थियो । तर जरिवान वापतको रकम गाडी धनीले तिरिदिने भएपछि चालकलाई उक्त कारबाहीले कुनै असर नगरेको पाइएको हो ।

तर यो नियमले तीव्र गति रोक्न, चालकलाई जिम्मेवार र सचेत बनाउन तथा दुर्घटना न्यूनीकरण गर्न मद्धत पुग्ने बताइएको छ । आफै उपस्थित भएर लिखित परीक्षामा सहभागी बन्नु पर्ने भएपछि चालकले सवारी साधन चलाउँदा होसियारी अपनाउने ट्राफिक प्रहरी प्रमुख दाहालले बताए ।

गल्ती गर्ने चालकसँग लिइने परीक्षाका लागि ट्राफिक नियमसँग सम्बन्धित प्रश्नपत्र हुन्छ । ‘एउटा प्रश्नपत्रमा ८० वटा प्रश्न सोधिएका हुन्छन्’ एसपी दाहालले भने, ‘परीक्षा दिने चालकले उत्तीर्ण हुन ६० प्रतिशत अंक प्राप्त गर्नैपर्छ ।’ तीव्र गतिमा र लापरबाहीपूर्ण तरिकाले गाडी कुदाएमा सवारी चालक अनुमति पत्र ९लाइसेन्स० र गाडीको ब्लुबुक ट्राफिक प्रहरीले नियन्त्रणमा लिने छ ।