शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त हुँदै

Newslaya Home

शिवमाया तुम्बाहाङ्फे कानुन मन्त्री नियुक्त हुँदै

सोमबार ०५, फागुन २०७६

काठमाण्डौ । उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रीको सपथ ग्रहण गराउने भएका छन्।

उनलाई कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी दिन लागिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिएका छन्।
कानुन मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका थिए

शिवमायाको साढे ३ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी राष्ट्रपति कार्यालयले दिएको छ।