सोनीले ल्यायो गोजीमै हालेर हिँड्न मिल्ने एसी

Newslaya Home

सोनीले ल्यायो गोजीमै हालेर हिँड्न मिल्ने एसी

सोमबार ०५, फागुन २०७६

काठमाडौं । इलेक्ट्रोनिक्स कम्पनी सोनीले गोजीमा बोकेर हिड्न मिल्ने एयर कन्डिशनर बनाएको छ । मोबाइल फोन भन्दा सानो यो एसी शर्ट वा टिशर्टमा फिट गरेर प्रयोग गर्न सकिन्छ ।

कम्पनीले यो सानो एसीको नाम रेओन पकेट राखेको छ । प्रयोगकर्तालाई २४ सै घण्टा चिसो वा तातो पार्ने सुविधा यसमा उपलब्ध छ । कम्पनीका अनुसार यूजरले यसलाई घाँटीको तल्लो भागमा राखेर प्रयोग गर्न सक्नेछन् । यसका लागि विशेष किसिमको ब्याग बनाईएको छ र यो ब्याक पनि फरक फरक साइजमा उपलब्ध रहेको छ ।

यो एलिमेन्टको प्रयोग कार कूलर तथा वाइन कूलर्समा प्रयोग हुने गर्दछ र यसको लागि न्यून पावरको उपयोग हुन्छ । यो एसीको तापक्रमलाई स्मार्टफोनको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ ।

यसमा राखिएको प्रविधिले यसले आफैं उपयुक्त तापक्रम सेट गर्न सक्दछ । रेओन पकेट एसीमा लिथियम आयन ब्याट्री राखिएको छ जसले २ घण्टाको चार्जमा दिनभर प्रयोग गर्न सकिन्छ ।

८५ ग्राम मात्र तौल रहेको यो एसीको मूल्य १३० डलर तोकिएको छ । हाल जापानमा मात्र बिक्री गरिने यो एसी परिक्षणको रुपमा ल्याइएको छ। परीक्षण सफल भएमा यसको विक्री विस्तार गरिने कम्पनीले जनाएको छ ।