अमेरिकन आइडलको टप २० मा पुगेका दिवेश पोखरेल नेपाल चिनाउँदै (भिडियो)

Newslaya Home

अमेरिकन आइडलको टप २० मा पुगेका दिवेश पोखरेल नेपाल चिनाउँदै (भिडियो)

सोमबार ०५, फागुन २०७६

काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं सिजनमा शीर्ष २० मा पर्न सफल भएका छन् ।

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् ।

२० वर्षीय पोखरेल ६ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । उनी आफ्ना बुबा–आमासँग क्यान्सस राज्यको विचिटामा बस्छन् ।

काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।

अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् ।

उनले आफू नेपालमा जन्मेको र नेपालको सुन्दरतामाथि प्रकाश पार्ने कोशिस गरे । उनले आफू ६ वर्ष हुँदादेखि गाउन थालेको बताएका छन् ।