कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ सय ७० पुग्यो

Newslaya Home

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ सय ७० पुग्यो

सोमबार ०५, फागुन २०७६

काठमाडौं । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण अहिलेसम्म १७ सय ७० जनाको मृत्यु भएको छ ।

पिपुल्स डेली चाइनाका अनुसार आइतबार सम्ममा १७ सय ७० जनाको मृत्यु भएको छ भने ७० हजार बढीमा संक्रमण देखिएको छ ।

अहिलेसम्म अस्पतालबाट १० हजार बढी डिस्चार्ज भइसकेका छन् ।

चीनले भने पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घट्दै गएको दाबी गरेको छ ।