मकालु टिभीका पत्रकार पौडेललाई ब्लड क्यान्सर, सहयोग जुटाइँदै

Newslaya Home

मकालु टिभीका पत्रकार पौडेललाई ब्लड क्यान्सर, सहयोग जुटाइँदै

सोमबार ०५, फागुन २०७६

काठमाडौं । मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल व्लड क्यान्सरबाट पीडित भइ हाल काठमाडौको सिभिल हस्पिटलमा उपचाररत छन् ।

विराटनगरका स्थानीय क्याम्पसहरुमा प्राध्यापन समेत गर्दै आएका पत्रकार पौडेललाई उपचारार्थ करिब ३० लाख रुपिंया लाग्ने अस्पताल प्रशासनले बताएपछि उनको सहयोगको लागि अपिल गरिएको छ ।

पौडेलको उपचारमा सहयोग पुर्याउनका लागि बनाइएको गोफन्डमीमा पहिलो दिननै १ हजार ६ सय १७ डलर उठेको छ ।

२० हजार डलर उठाउने लक्ष्यका साथ बनाइएको गोफन्डमीमार्फत फेव्रुअरी २३, २०२० सम्म सहयोग गर्न सकिनेछ ।

डिसी नेपाल डटकम, इनेप्लिज डटकम र नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा संयुक्त रुपमा सहयोगको लागि गोफन्डमी खाता खोलिएको हो ।