धार्मिक सम्मेलनमा सहभागी हुन पुगेका दुई जनाको मृत्यु

Newslaya Home

धार्मिक सम्मेलनमा सहभागी हुन पुगेका दुई जनाको मृत्यु

सोमबार ०५, फागुन २०७६

सप्तरी । सप्तरीमा भइरहेको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन पुगेका दुई जनाको मृत्यु भएको छ ।

सम्मेलनमा सहभागी हुन आएका भारत मोतिहारी जिल्लाका हारु रसिद आइतबार साँझ बेहोस भएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबारदेखि सुरु भएको सम्मेलनमा झण्डै साँढे दुई लाख मानिस सहभागी भएका छन् ।